कनकाई अनलाइन
झापा,जेठ ६।झापाको कचनकवल गाउँपालीकाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ ।
सोमबार कचनकवलका एक जनामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्गमा रहेका संख्सापद ३३ जना स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।
संक्रमितसँग सम्पर्कमा आएकाहरुको नमुना परीक्षण गरिएकामध्ये ९ जनाको रिपोर्ट पोजिटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।