कनकाई अनलाइन
झापा,जेठ ६।भारतबाट स्वदेस फर्केका ३५ नेपाली नेपाल भारत सिमामा अलपत्र परेका छन।झापा गाउँपालीका-१ मा पर्ने सतारबस्तीमा रहेको १३४ नंम्बर पिलर रहेको सिमानामा उक्त नेपाली अलपत्र परेका हुन।
हिजो बेलुका करिब ८.३० बजे तिर नेपाल प्रबेस गर्न खोज्दा सशस्त्र प्रहरी बलको टोलीले तिनीहरुलाई नेपाल प्रबेस गर्न दिइएको थिएन।प्रसाशनको आदेस भनेर सुरक्षाकर्मीले नेपाल प्रबेस गर्न नदिएपछी नेपालीहरु सिमामा अलपत्र परेका हुन।
बिगत केही बर्ष देखि ती नेपालीहरु भारतको कानपुरमा फास्टफुडमा काम गर्दै गरेको र कोभिड-१९ जोखिम बढेपछी स्वदेस फर्किन लागेको बुझिएको छ।३५ नेपाली मध्ये झापाका २५ र अन्य जिल्लाका १० जना रहेका छन।
यस बिषयमा झापा गाउँपालीका प्रमुख जयनारायण शाहले ती नेपालीहरुलाई उनीहरुको बसोबास क्षेत्र सम्म पुर्याउन सम्बन्धित नगर/गाउँपालीका संग समन्वय गरि यस बिषयमा प्रमुख जिल्ला अधिकारी झापाका उदय राना संग कुरा भइरहेको कनकाई अनलाइनलाई बताउनु भयो।आफुहरुले सिमामै बिहानको खानाको व्यबस्था पनि गरेको शाहले बताउनु भयो।