Kanakai Online

कनकाई राहत कोषमा प्रजापति सामुदायिक वनको २५ हजार ५ सय सहयोग


सोमवार, जेठ ५, २०७७ |

कनकाई अनलाईन
कनकाई नगरपाकिलाद्धारा आफ्ना नागरिकको सुरक्षा र खाद्यान्न वितरणका लागि बनाएको कोरोना राहत कोषमा प्रजापति सामुदायिक वन उपभोक्ता समुह कनकाई नगरपालिका १ ले नगद २५ हजार ५ सय रुपैँया जम्मा गरेको छ । वन समुहका सहसचिव कैलास दर्जीले उक्त रकम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरपालिकामा विशेष कार्यक्रमका विच सो रकम हस्तानतरण गर्नुभयो ।
रकम बुझेपछि कनकाई नगरपालिकाका प्रमुख पोखरेलले उक्त रकमले कनकाई नगरका गरिब दुखीहरुको खाना र औषधि लगायातमा खर्चने प्रतिवद्धता जनाउनुभयो । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६९ लाख रुपैँया भन्दा वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर दोस्रो चरणको राहत वितरण सकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर