Kanakai Online

झापामा अर्को व्याक्तिमा कोरोना झापामा ३ जनामा कोरोना


सोमवार, जेठ ५, २०७७ |

कनकाई अनलाईन
झापा– झापामा थप एक जनालाई कोरोना भाइरस संक्रमण भएको छ । यसअघि दुई जना संक्रमित भएका थिए । उपचारपछि झापा बाह्रदशीका संक्रमित घर फर्किसकेका छन् । दमकका संक्रमितको विराटनगरमा उपचार भइरहेको छ ।

सोमवार दक्षिणी झापाको कचनकवल–६ का एक जना ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । विराटनगरस्थित प्रयोगशालामा उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । उनलाई उपचारका लागि विराटनगर लैजाने तयारी भइरहेको छ । उनी चार दिनअघि मात्रै भारतबाट आएका हुन् ।

भारतमा रेल खुल्ना साथ उनी झापाको दक्षिणी क्षेत्रबाट लुकीछिपी भित्रिन लाग्दा उनलाई समातेर प्रहरीले क्वारेन्टाइनमा राखेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो’ , ‘ एसपी कोइरालाले भने, ‘उनी अरुतिर जान नपाएकाले सम्पर्कका थप मान्छे खोजी रहनु नपर्ने अवस्था छ ।’

उनको स्वाब संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनी जेठ २ गते भारतबाट आएका हुन् । उनीसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । सोमबार मात्रै मोरङ रतुवामाई नगरपालिकाका एक युवकमा पनि कोरोना पुष्टि भएको थियो ।