कनकाई अनलाईन
कनकाई नगरपाकिलाद्धारा आफ्ना नागरिकको सुरक्षा र खाद्यान्न वितरणका लागि बनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका ३ का पूर्व शिक्षक तथा समाजसेवी भक्तिप्रसाद संग्रौलाले नगद २० हजार ५ सय रुपैँया प्रदान गर्नुभएको छ ।
कनकाई नगरपालिकामा आयोजित विशेष कार्यक्रमका विच शिक्षक संग्रौलाले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई सो रकम हस्तानतरण गर्नुभयो । कार्यक्रममा बोल्दै शिक्षक संग्रौलाले आफुले पनि सकेको सहयोग कनकाई नगरपालिकालाई गरेको बताउँनुभयो । सहयोग रकम बुझ्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले आफुले उक्त रकमको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।