कनकाई अनलाइन
झापा,जेठ ४।झापा गाउँपालिकाले कोरोना महामारीवाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-६ शरणामती स्थित जनता मावि पुर्व विद्यार्थी समाजले ७५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
एक विशेष कार्यक्रमका विच उक्त खाद्यान्न समाजका अध्यक्ष सोमनाथ उप्रेतीले गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।खाद्यान्न हस्तान्तरण गर्दै यो विपदको घडीमा झापा गाउँबासीलाई केही राहत होस भनी आफ्नो समाजले उक्त सहयोग गरेको उप्रेतीले कनकाई अनलाइनलाई बताउँनु भयो।उप्रेतीले फेरि पनि यसरी पुर्व विद्यार्थीले सहयोग रकम जुटाए भने आगामी दिनमा पनि यस्ता विपदका दिनमा आफ्ना गाउँबासी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष विष्णुमाया सिटौला,सचिव केशब बजगाईं,सह- सचिव रोहित पोधार,झापा गाउँपालीका-६ का वडाध्यक्ष हरीबहादुर बानियाँ,वडासदस्यहरु कुमार ओली,मोहन पोखरेल साथै जनता माविका प्राध्यापक तारानाथ रिजाल,सह-प्राध्यापक टिकाप्रसाद कट्टेल,शिक्षकहरु भक्तबहादुर बानियाँ,जगरनाथ राजबंशी,रमेश कोइराला,जनता माविका पुर्व विद्यार्थीहरु रुद्र बजगाईं,राजन पाठक,अन्जना कार्की,बिरेन्द्रकुमार गणेश,एकराज बजगाई,हिमा कार्की,तेजमणी प्रसाईं,केशब चापागाईँ लगायतको उपस्थिती रहेको थियो।
समाजका सचिव केशब बजगाईंले जनता माविका पुर्व विद्यार्थीहरुले उपलब्ध सहयोग रकमले झापा गाउँपालीकाको राहत कोषमा उक्त खाद्यान्न सहयोग गरेको बताउनु भयो।
समाजले करिब ६१,००० मूल्य बराबरको खाद्यान्न ७५ विपन्न परिवारका लागी १० केजी चामल,१ केजी दाल,१ केजी नुन,१ लिटर तेल र १ थान साबुन प्रति परिवारका दरले सहयोग गरेको हो।
झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।