कनकाई अनलाईन
भद्रपुर– केही महिनादेखि रोकिएको हात्तीको उपद्रो फेरि सुरु भएको छ । हात्तीले वालीनालीमा क्षति गर्नेदेखि लिएर ज्यानैसम्म लिने गरेको हो । शनिवार दक्षिणी झापाको कचनकवलमा हात्तीको आक्रमणमा एक जना वृद्धको मृत्यु भएको छ ।
कचनकवल गाउँपालिका–७ का अन्दाजी ७५ वर्षीय वृखबहादुर राईको हात्ती आक्रमणमा मृत्यु भएको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले शनिबार साँझ घर नजिकैको दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका बेला राईलाई हात्तीले आक्रमण गरेको बताए । उनको घटनास्थलमै मृत्यु भएको हो ।