Kanakai Online

कनकाई ४ का यी पिताले दिए ८ महिनाको वृद्धभक्ता २४ हजार कोषमा


शनिवार, जेठ ३, २०७७ |

कनकाई अनलाईन

कनकाई नगरपालिका ४ इलुवावारीका यी ८४ बर्षिय वृद्धपिता कृष्णप्रसाद सेलुवालले आफ्नो ८ महिनाको वृद्धभक्ता वापत पाएको रकम २४ हजार रुपैँया कनकाई नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा जम्मा गर्नुभएको छ । यो सगै कनकाई ४ मा ३ जना वृद्धमाता पिताले यस कोषमा आफ्नो वृद्धभक्ताको रकम जम्मा गरिसक्नुभएको छ । कनकाई नगरपालिकासम्म उक्त रकम जम्मा गर्न जान नसकेपछि कनकाई नगरपालिका ४ का वडाध्यक्ष गोविन्द पौड्यालले उक्त रकम सेलुवालको घरमै पुगेर लिनु भएको थियो । रकम दिदै वृद्ध पिता सेलुवालले देशलाई आपत परेको वेला आफुलाई सरकारले वृद्धभक्तावापत दिएको रकम सरकारलाईनै फिर्ता गरिदिएर सहयोग गरेको बताउँनुभयो । यत्रो बर्षदेखि सरकारले मलाई वृद्धभक्ताका रुपमा रकम दिएर सहयोग गरेको थियो आज मैले सरकार र देशलाई थोरै भएपनि गुण तिर्न सके रकम दिएपछि सेलुवालले भन्नुभयो । उहाँले उक्त रकम आफुजस्तै दैनिक औषधि किनेर खदिद गर्ने समुदायलाई सहयोग गरिदिन वडाध्यक्ष पौड्यालमार्फत कनकाई नगरपालिकालाई अनुरोध गर्नुभएको छ । सेलुवालले यसअघि पनि लालपानी मावि, लाफादी मावि चप्रामारी लगायातलाई भुमिदान लगायातको सहयोग गरिसक्नुभएको छ ।
कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर दोस्रो चरणको राहत वितरण सकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
तस्वीर ः आफुले पाएको वृद्धभक्ताको रकम दिदै पिता सेलुवाल र लिदै कनकाई ४ का वार्डअध्यक्ष गोविन्द पौड्याल तस्वीर कनकाई अनलाईन

सम्बन्धित खबर