Kanakai Online

झापामा डेढ महिनादेखि रोकिएका पूर्व राजा काठमाडौँ प्रस्थान


शुक्रवार, जेठ २, २०७७ |

कनकाई अनलाईन
झापा– गृह मन्त्रालयले पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्। शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाह झापाबाट काठमाडौंको लागि प्रस्थान गरेको बताए।

बिहीबार सवारी पास रद्ध भएपछि काठमाडौं जाने तयारीमा रहेका उनी झापामाअड्केका थिए। लक डाउन अगाडिबाट शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगान हिमालय गुडरिकमा बस्दै आएका थिए।

बिहीबार उनका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय झापाबाट काठमाडौं जाने पास बनाए पनि गृहको निर्णयपछि रद्ध भएको थियो। सवारी पास बनाएर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं हिडिसकेको प्रदेश १ का डीआईजी ईश्वरवावु कार्कीले बताए।

सम्बन्धित खबर