कनकाई अनलाईन
कनकाई नगरपालिका ८ र ९ मा अर्को पर्यटकिय क्षेत्र रमणिय पिकनिक स्पोर्ट बन्ने भएको छ ।
प्रदेश सरकारबाट प्राप्त ८२ लाख बजेटबाट सो स्थलमा घेराबारा, आकर्षक गेट सहितको रमणिय स्थलको आजबाट निर्माणकार्य सुरु भएको छ ।
सो पिकनिक स्पोर्टको प्रदेशसभा सदस्य माननीय एकराज कार्की र कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले निर्माण कार्यको शिल्यान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै माननीय कार्कीले देशमा राजनैतिक लडाई सकिएर समृद्धिको लडाईको सुरुवात भईसकेको बताउँनुभयो । अब देशमा जस्तोसुक्कै अवस्था र संकट आएपनि देशमा विकासको मुल फुट्छ हिजो हामी जसरी राजनैतिक अधिकार प्राप्तिको लडाईमा सबै पार्टी एक भएर लडेका थियौ यसैको सिको गर्दै सबै दल र नागरिक समाज अव विकासको मुल फुटाउन एक भएर लड्नु पर्छ सांसद कार्कीले भन्नुभयो । सांसद कार्कीले अब यस खाडीबस्तीलाई कनकाई नगरकै दोस्रो जामुनखाडी सिमसार बनाईने उद्घोष समेत गर्नुभयो ।
यता कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिका र देशभरनै ६० बर्षमा नभएको विकास आफ्नो ५ बर्षको कार्यकालमा भइरहेको बताउँदै सबैले साथ र सहयोग भएमा यो असम्भव नहुने भन्दै कनकाई नगरपालिकाको ९ वटै वार्डमा आफु मेयर भएर आउनुअघि र पछिको अवस्था अवलोकन गरिदिन नगरवाशीमा अनुरोध समेत गर्नुभयो । अब कनकाई ८ र ९ राम्रो पर्यटकिय स्थल बन्छ यो सबै कनकाईवाशीको मात्रै नभएर पुर्वाञ्चलवाशीको गहना भएको छ नगरप्रमुख पोखरेलले भन्नुभयो ।
कार्यक्रममा रमणिय पिकनिक स्पोर्ट निर्माण समितिका अध्यक्ष वृहस्पति उप्रेतीले आफ्नो क्षेत्रलाई प्राथमिकतामा पारेर बजेट विनियोजन गर्ने प्रदेश सांसद कार्की सहित मेयर पोखरेल, वार्डध्यक्षहरु जनप्रतिनिधि र अगुवा युवा नेता गोपाल प्रसाईको खुलेर प्रसंसा गर्नुभयो । कार्यक्रममा वार्डनम्बर ८ का वार्डअध्यक्ष प्रेमबहादुर कटुवाल, ९ का वडाअध्यक्ष प्रेम राजवंशी, वार्ड सदस्यहरु सुनिता सिग्देल, निरा बराइली, समाजसेवी शेरबहादुर थापा , गोपाल चुडाल, टिकाप्रसाद घिमिरे, कमल थापा, लगायातको उपस्थिति रहेको थियो ।
कनकाई नगरपालिका ८ की सदस्य सुनिता सिग्देलका अनुसार १३ बिगाह क्षेत्रफलमा रहेको यस रमणिय पिकनिक स्पोर्टलाई आवश्यकिय पूर्वाधारसहित यहि असार महिनाभरमा एकचरणको काम सकिने छ भने संघिय सांसदको बजेट माग गरेर यस क्षेत्रमा ४ सय मिटर भन्दा लामो झोलुङ्गे पुलको समेत निर्माण गरिने छ ।