कनकाई अनलाईन
मन्जुश्री आधारभुत बिद्यालयल शिवसताक्षी ४ रङ्गेथानमा भुतपुर्व विद्यार्थी समाजले विद्यालय परिवार र शिक्षक विद्यार्थीलाई ५० हजार नगद बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
समाजका अध्यक्ष सुरेन्द्र प्रधान, उपाध्यक्ष गुरुप्रसाद रावबंशी, सल्लाहकार रामकुमार दाहाल, सचिव निशान लिम्बु, सदस्यहरु नारायण राजबंशी, दिलिप सहनी लगायातको टोलीले विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा वडाअध्यक्ष अधिकचन ताजपुरिया , विद्यालयका प्रअ जयनारायण ताजपुरिया लगायातलाई मास्क, सेनेटाइजर, साबुन, ग्लोब लगायातका सामाग्री प्रदान गरिएको हो ।
यसैविच विद्यालयका अभिभावकहरुलाई समेत उक्त सामाग्री प्रदान गरिएको थियो । आगामी केही दिनभित्रै दोस्रो चरणको खाद्यान्न राहत सामाग्री समेत समाजले वितरण गर्ने बिद्यार्थी समाजका अध्यक्ष तथा प्रधान मेडिसिन सेन्टर सुरुङ्गाका प्रमुख सुरेन्द्र प्रधानले कनकाई अनलाईनलाई बताउँनुभयो ।