Kanakai Online

झापामा २० जनाको स्वाब संकलन।


सोमवार, वैशाख २९, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख २९।झापा गाउँपालीकाको स्वास्थ्य साखाको टिमले आज २० जनाको स्वाब संकलन गरेको छ।देस तथा बिदेसबाट आएर क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेका व्याक्तीहरुको स्वाब संकलन गरिएको हो।

झापा गाउँपालीकाका विभिन्न वार्डमा होम क्वारेन्टाइनमा राखिएका मानिसहरुबाट स्वाब संकलन गरि PCR रिपोर्टका लागि बिराटनगर पठाइएको झापा गाउँपालीकाका स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।संकलित स्वाबको PCR रिपोर्ट भने पर्सि बुधबार मात्र आउने बिश्वकर्माको भनाई छ।

तेस्रो मुलुकबाट आएका तथा भारतको जमातीबाट आएका आसंका गरिएका व्याक्तीहरुको स्वाब संकलन गरि पठाइएको झापा गाउँंपालीका स्वास्थ्य साखाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउनु भयो।

झापा गाउँपालीकामा अहिले क्वारेन्टाइनमा १६ जना छन भने होम क्वारेन्टाइनमा ७४ जना रहेका छन।

सम्बन्धित खबर