Kanakai Online

भ्रामक समाचार लेख्ने दुई अनलाईनलाई पत्र काटियो


सोमवार, वैशाख २९, २०७७ |

कनकाई अनलाईन
पत्रकार महासंघ झापाले पत्रकारलाई राहत दिन बिर्तामोड नगरपालिकामा कुनै पत्रकारको नाम सिफारिस नगरेको जनाएको छ ।

झापाबाट प्रकाशित प्रतिदिन दैनिकको अनलाइन संस्करण प्रतिदिन डेली डटकम र झुल्केघाम अनलाइनले पत्रकारिताको गरिमामा आँच पु¥याउने र महासंघले निर्णय नै नगरेको विषयमा महासंघलाई जोडेर भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रति आपत्ति प्रकट गरेको छ ।

कोरोना भाइरस कोभिड–१९ का कारण सञ्चार क्षेत्रमा जटिल परिस्थिति सिर्जना भएकाले पत्रकारको सुरक्षा र अवस्थाका बारेमा पत्रकार महासंघ गम्भीर भए पनि कहीँकतै राहतका लागि नाम सिफारिस र राहत माग नगरिएको महासंघ झापा अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो ।

‘अहिलेको अवस्था जटिल छ, यस्तो अवस्थाबाट सञ्चार क्षेत्र पनि अछुतो छैन’, उहाँले भन्नुभयो, ‘तर, प्रतिदिन र झुल्केघाम अनलाइनमा आएको समाचार गलत छ, यस विषयमा महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ ।’ महासंघको गरिमा र पत्रकारको इज्जतमाथि धावा बोल्ने गरी समाचार आएकाले उहाँले दुःख व्यक्त गर्नुभयो ।

महासंघको आज बसेको बैठकले अनर्गल र भ्रामक समाचर प्रकाशन गर्ने दुई सञ्चारमाध्यमसँग समाचार प्रकाशनको आधार माग गरेको छ । त्यस्तै, महासंघले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पालना गर्न र पत्रकार तथा पत्रकारिताको मर्यादामा आँच आउने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न सबै पक्षलाई आग्रह गरेको समेत पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य सन्तोस सर्माले बताउँनुभयो ।

महासंघले सञ्चार उद्यमीलाई आफ्नो सञ्चारगृहमा काम गर्ने सञ्चारकर्मीलाई तलब र आवश्यक सहयोग गर्न आग्रह गरेको छ । लकडाउनका कारण समस्यामा परेका पत्रकारलाई महासंघको कार्यालय वा अध्यक्ष÷सचिवसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित खबर