Kanakai Online

झापा गाउँपालीकामा बिहान ६ बजे देखि १० बजे सम्म पसल खोल्न पाउने।


आइतवार, वैशाख २८, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख २८।झापा गाउँपालीकाको आज बसेको विपद व्यवस्थापन समितिको बैठकले यहाँ रहेका पसल तथा अत्यावश्यक सामान खरिद बिक्री गर्न बिहान ६ बजे देखि १० सम्म पाउने निर्णय गरेको छ।गाउँपालीकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको भेलाले उक्त निर्णय गरेको हो।

गत सुक्रबार जिल्ला विपद व्यवस्थापन समितीको बैठकले गरेको निर्णय माथी बहस गर्दा यहाँका पसलहरु खोल्ने समय ६ बजे देखि १० बजे सम्म बनाइएको हो।

खाद्यान्न,मल,बीउ विजन,इटा विक्री केन्द्र,बैंक वित्तिय संस्थाहरु,हार्डवयेर,मोटर्स पार्टसका पसलहरु ६ बजे देखि १० बजे सम्म खोल्न पाउने निर्णय गरिएको झापा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनु भयो।

सम्बन्धित खबर