कनकाई अनलाईन
एभिन्युज टेलिभिजनका विवादस्पद कार्यक्रम कोरोना कहरका संचालक शुसिल पाण्डे र एभिन्युज टेलिभिजनलालाई गाली गर्नुको कारणवारे तिनदिनभित्र स्पष्टीकरण पेश गर्न प्रेस काउन्सिल नेपालले एभिन्युज टेलिभिजनलाई पत्र काटेको छ ।
गत बैशाख २० गते पाण्डेले संचालन गरेको विवास्पद कार्यक्रम कोरोना कहरमा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाईका सबै वडाध्यक्षहरुलाई हदै सम्मको तल्लो स्तरको अपाच्य शैलीको गाली गलौज गरेका थिए ।
पाण्डेले गरेको गालीप्रति यसअघिनै कनकाई नगरका सबै सक्रिय राजनैतिक दल र नागरिक समाज संघ संस्थाले चर्को विरोध गरेका थिए भने कनकाई नगरपालिका कार्यापालिका परिवारबाट प्रेस काउन्सिलमा लिखित उजुरी दिइएको हो । प्रेस काउन्सिलले एभिन्युज टेलिभिजनलाई काटेको पत्रमा भनिएको छ , प्रस्तुत सम्बन्धमा एभिन्युज टेलिभिजनबाट २०७७ साल वैशाख २० गते प्रशारित कोरोना कहर कार्यक्रमवारे कनकाई नगरपालिका झापाको तर्फबाट वैशाख २० गते प्रशारित सामाग्रीको फुटेजसहितको उजुरी प्राप्त भएको छ ।
जसमा भनिएको छ । कार्यक्रम प्रस्तोता सुशिल पाण्डेद्धारा झापा जिल्लाको कनकाई नगरपालिका र नगरवाशीलाई लाञ्छित गरि अभिब्यक्त अपमानजनक विचार र विचार शैलीप्रति हामी दुखित छौ । हामी नेपालको संविधान २०७२ मा समेटिएको प्रेस स्वतन्त्रतामाथि सम्मान गर्दछौ । तर संचारक्षेत्रले पनि यथार्थको धरातलमा उभिएर समाचार प्रकाशन गर्न आवश्यक छ भन्ने हाम्रो मान्यता छ । कार्यक्रम प्रस्तोता पाण्डेले कनकाई नगरपालिका र जनप्रतिनिधिप्रति प्रयोग गरेका भाषा आपक्तिजनक छ र नगरवाशीको ह्रदयमा यस टेलिभिजनप्रतिनै नकरात्मक भावना विकास गर्न उक्त अभिव्याक्तिले हामी अन्यायमा परेको महशुस गरेका छौ ।
कोभिड १९ को महामारी बिरुद्धमा नेपाल सरकारको निति नियम र निर्देशन बमोजिम एकद्धार प्रणालीबाट राहत वितरण तथा क्वारेन्टाइन व्यावस्थापन लगायातका कामहरु क्रियाशील सबै राजनैतिक दल, सामाजिक संस्था, नागरिक समाज संचारकर्मी लगायातको सहकार्यमा अगाडि वढाइरहेको सन्र्दभमा प्रशारित उक्त सामाग्रीबाटहामीलाई हाम्रो दायित्वबाट विमुख गर्न र हतोत्साहित गर्न खोजिएको हाम्रो बुझाई छ । तसर्थ सो समाचार सामाग्रीको छानविन गरी संचारकर्मी पाण्डेमाथि आवश्यक कारवाही अघि बढाई न्याय दिनका लागि अनुरोध छ । भनी कनकाई नगरपालिकाबाट उजुरी दिइएकोमा प्रेस काउन्सिलबाट भनिएको छ उजुरी र प्रसारित सामाग्रीको अनुगमन गर्दा फुटेज सामाग्री १० मिनेटको छ । जसमा राहत वितरणका सम्बन्धमा सर्बसाधरणसँगको कुराकानी अन्र्तगत शेरबहादुर थापाको भनाई लिएको देखिन्छ जसमा सर्बसाधरणको कुराकानी भन्दा पनि संचारकर्मीको विचार र अभिव्यक्तिले नै वढीमात्रामा स्थान पाएको देखिएको छ । संचारकर्मीबाट जनप्रतिनिधिलाई लक्षित गर्दै अमान्छेहरु , कुकुर, आमाको कोखलाई धिर्काने काम नगर्नु लगायातको हदै सम्मको तल्लो स्तरको गाली गरि आफ्नो विचार लादेको र जसबाट पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४(३), ४(६) उल्लंघन गरेको देखिएको हुदा प्रशारित सामाग्रीमा सम्बन्धित पक्षको भनाईलाई स्थान नदिई एकपक्षिय अमर्यादित एवं अशिष्ट भाषा शैलीको प्रयोग गरी पेशागत मर्यादाविपरित सामाग्री के कसरी सम्प्रेषण हुन गएको ? ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइन्छ भनी सचिव आचारसंहिता अनुगमन उपसमितिका उपप्रशासकिय अधिकृत रामशरण बोहोराले टेलिभिजनलाई पत्र काट्नुभएको छ ।