कनकाई अनलाइन
झापा,बैशाख २७।झापा गाउँपालीकाले सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको छ।गाउँपालीकाका सबै वडाले भत्ता वितरण गरिसकेका हुन।
झापा गाउँपालीकाका वडा १,२ र ३ ले राष्ट्रीय वाणीज्य बैंकको समन्वयमा भत्ता बाढेका हुन भने वडा ४,५,६ र ७ ले एनआईसी एसीया बैंकको समन्वयमा भत्ता बाढेको झापा गाउँपालीकाका सुचना अधिकारी हिमाल मिश्रले बताउनु भयो।आफ्नो वडामा रहेका शारिरिकरुपमा अशक्त बृद्धबृद्दा,अपाङ्गहरुलाई बैंक संग समन्वय गरि घर-घरमै भत्ता पुर्याइएको झापा गाउँपालीका-४ का वडाध्यक्ष राजु जङ्ग भारतीले कनकाई अनलाइनलाई बताउनु भयो।
वडा १,२ र ३ मा वाणिज्य बैंककै सहभागीतामा भत्ता वितरण गरिएको राष्ट्रिय वाणिज्य बैंक झापा साखाका नि. साखा प्रवन्धक छत्रबहादुर ढकालले बताउनु भयो।
सामाजिक सुरक्षा भत्ता वितरण सबैलाई गरिने भन्दै भत्ता पाउनेहरु लकडाउनका कारण झापा गाउँपालीका बाहिर भए पनि उहाँहरुलाई बैङ्किङ प्रणाली मार्फत भत्ता दिइने सुचना अधिकारी मिश्रको भनाई छ।