Kanakai Online

झापा गाउँपालिकाको कोरोना राहत कोषमा कनकाई छट सेवा समाजको१५ हजार


बुधवार, वैशाख २४, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकलाई कोरोना महामारीका वेला राहत औषधिउपचार लगायातमा खर्च गर्नका लागि खडा गरेको कोरोना राहत कोषमा कनकाईको कनकाई छठ सेवा समाजले १५ हजार रुपैँया सहयोग रकम हस्तानतरण गरेको छ ।
समाजका अध्यक्ष सुरेन्द्र प्रधान, वरिष्ठ उपाध्यक्ष राजकिशोर चौधरी, उपाध्यक्ष बिजय शर्मा, महासचिव राजकुमार शाह लगायातले उक्त रकम सुरुङ्गा चौकमा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तानतरण गर्नुभयो । कार्यक्रममा बोल्दै छठ पुजा समाजका अध्यक्ष प्रधानले समाजले छठ पुजा मात्रै नगरेर समाजलाई आइपरेको बेला जस्तोसुक्कै सहयोग गर्न पछि नपर्ने बताउँनुभयो । कार्यक्रममा बोल्दै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले कनकाईवाशीको सहयोगको सहि सदुपयोग गरिने बताउँनुभयो ।
झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर