कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा पाथिभरा मारवाडी समाज कनकाईले २१ हजार रुपैँया सहयोग गरेको छ । आजै समाजका अध्यक्ष अनिल गोयल, संस्थापक अध्यक्ष दयानन्द बंशल, महासचिव नरेशकुमार गर्ग, कोषाध्यक्ष देविप्रसाद गर्ग सदस्यहरु गोविन्दराम बंशल, शिवम बंशल लगायातको टोलीले नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरपालिकामै गई उक्त रकम हस्तानतरण गर्नुभएको हो । नगरप्रमुख पोखरेलले उक्त रकमबाट नगरमा भोकाएका हरुकोलागि खर्च गरिने बताउँनुभयो ।
कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।