Kanakai Online

कनकाई राहत कोषमा ज्ञानज्योती युवा क्लवको २१ हजार


बुधवार, वैशाख २४, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगरपालिकास्थित ज्ञानज्योती युवा क्लवले २१ हजार १ सय १० रुपैँया नगद सहयोग गरेको छ ।
आज कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम युवा क्लवका अध्यक्ष नारायण भेटवाल, सचिव पारस खरेल, सहसचिव साजन थापा सदस्यहरु चन्द्र तिवारी, प्रकाश पाठक, केशव मैनाली निर्वतमान अध्यक्ष नविन सेढाईँ सल्लाहकार कुमार पालुङ्गा लगायातले उक्त रकम प्रदान गर्नुभयो । रकम हस्तानतरण गर्दै क्लवका अध्यक्ष नारायण भेट्वालले नगरलाई विपत पर्दा युवाहरु आवश्यक परेको खण्डमा तन, मन र धन दिन तयार रहेको बताउँनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले युवाको सहयोगलाई नगरले उच्च मुल्याङ्गन गरेको बताउँनुभयो ।

  कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६६ लाख वढी रकम र अन्य जिन्सी सहयोग  संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत बितरण भईरहेको  नगरप्रमुख पोखखरेलले बताउँनुभयो  ।  

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर