कनकाई अनलाइन
झापा,बैशाख २४।झापा गाउँपालीकामा रहेको रानीबन उपभोक्ता समितीले आज एक प्रेस नोट जारी गरेको छ।
प्रेस नोटमा रानीबनमा रहेको पोखरीको ठेक्कालाई लिएर एक उपभोक्ताले गाली,बेइज्जती र अपशब्द प्रयोग गरेको प्रती समितीले आपत्ती प्रकट गरेको छ।
प्रेस नोटमा यस्तो भनिएको छ।
यस रानीवन उपभोक्ता समितिको गत २०७६ साल फागुन २५ गतेको साधारण सभाले निर्णय गरे वमोजिमको रानीवन माछा पोखरी टेन्डर समिती नेत्रप्रसाद उप्रेतीको संयोकत्वमा ३ सदस्यीय कार्य समिती बनाइएको थियो।उक्त समितीले आव्यश्यक सुझबुझका साथ मुलुकमा लकडाउन जारी रहेका वाबजुध पनि मिती २०७७ बैसाख १३ गते माछा पोखरी ठेक्काको प्रक्रियाका लागि टेन्डर आव्हान गरेको थियो।उक्त समितीले टेन्डर आव्हान गरेपछी मिती २०७७ साल बैशाख १७ गते बुधवारका दिन रानिवन उपभोक्ता समितीका अध्यक्ष,उपाध्यक्ष,सचिव,सदस्यहरु तथा विभिन्न राजनितीक दलका प्रतिनिधिहरुको उपस्थितिमा टेन्डर लिने व्याक्तीहरुको डाक बढाबढ सुरु गरिएको थियो।डाक बढाबढमा झापा गापा-७ का प्रेमकुमार आङदम्बे,सोही वडाकै भवानी उप्रेती र झापा गापा-६ का रमेसकुमार कार्कीको समुहले डाक बडाबड गरेका थिए।डाक बडाबडमा प्रेमकुमार आङदम्बेको समुहले चाल लाख चार हजार चार सय चार रुपैयाँमा प्रेत्येक वर्षमा बीस हजार रुपैयाँ बढ्ने गरि पोखरी ७ बर्षका लागि ठेक्कामा दिइएको थियो।
यस बिषयलाई लिएर एक उपभोक्ताले समितीलाई गाली,बेइज्जती हुने गरि सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गरेकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।यस्ता अवाञ्छित गतिबिधी प्रती रानीवन उपभोक्ता समिती घोर आपत्ती प्रकट गर्दछ।आगामी दिनमा यस्ता क्रियाकलाप पुन: नदोहोर्याउन हार्दिक अपिल गर्दछ।