कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा नेपाली कांग्रेस कनकाई नगर समितिद्धारा १ लाख ३० हजार ४ सय ५० रुपैँया सहयोग गरेको छ ।
कांग्रेसको कनकाई नगर कमिटी सचिव दुर्गा प्रसाई काग्रेस नेता लीलाबहादुर कटुवाल , लगायातको टोलीले आज कनकाई नगरपालिकामा गई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम हस्तानतरण गर्नुभएको हो । राहत रकम कांग्रेसका पार्टी सदस्य र सुभेच्छुकहरुबाट संकलन गरि प्रदान गरिएको कांग्रेसका कनकाई नगर सचिव दुर्गा प्रसाईले बताउँनुभयो । रकम प्राप्त गरेपछि बोल्दै नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरले राहत वितरणमा कुनै विभेद नगरेको टोल टोल बाट छनौट भएर आएको नामलाईनै राहत वितरण गर्ने गरिएको बताउँनुभयो । पोखरेलले राहतमा कहि कमजोरी भएको भए सुझाव दिन समेत कांग्रेस नेता कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६५ लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।