Kanakai Online

कलाकार ऋषि कपुरको शोकमा कपाल चैट


आइतवार, वैशाख २१, २०७७ |

कनकाई अनलाईन
आफ्ना डान्स तथा अभिनयका गुरु मानेका भारतीय चर्चित कलाकार ऋषि कपुरको निधनका कारण यहाँस्थित चर्चित डान्सर माधव भेट्वालले शोकमा आफ्नो कपाल मुण्डन गरेका छन ।
बम्बईमा थोरै समय संगत समेत गरि कलाकारितामा लाग्न सत्प्रेरणा पाएका माधवले ऋषि कपुरको निधनवारे संचारमाध्यममा थाहा पाएलगत्तै आफुले बषौ लगाएर पालेको लामो कपाल मुण्डन गरेको कनकाई अनलाईनसग बताउँनुभयो ।

मेरो कलाकारिताको गुरु ऋषि हुनुहुन्थ्यिो । उहाँकै स्टाइललाई पछ्याउदै म कलाकर्ममा होमिएको थिए । आज मलाई अभिभावक गुमाएको महशुस भएको छ माधवले भन्नुभयो । कनकाई नगरपालिका ३, सुरुङ्गास्थित योगमाया टोलमा आफ्नो केश मुण्डन गरेपछि भेटवालले भन्नुभयो । भेट्वाल आफ्नो लामो लामो जट्टाधारी कपाल हातमा त्रिसुल, गलामा सर्पको माला लगाएर जव शिवजीको अवतारमा ताण्डव नृत्यमा निस्कन्थे तव माहौल अर्कै हुने गरेको थियो । अव केहि वर्ष आफ्नो केश लामो नहुन्जेलसम्मको समयका लागि आफुले ताडण्प नृत्य गर्दा नक्कली केशको प्रयोग गर्ने बताउँनुभयो । यो केश भनेको नक्कली लगाउला अब केहि बर्षमा पुन लामो पारौला पनि तर गुरुको सम्मानमा केश मुण्डन अव कहिले गर्न पाहुला र ? आफ्नो काटिएको लामो केश देखाउदै माधवले भन्नुभयो ।

सम्बन्धित खबर