Kanakai Online

कनकाई विपत कोषमा सहयोग जारी कनकाईका सहकारीको १ लाख २० हजार


शनिवार, वैशाख २०, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगर सहकारी समन्वय समितिले १ लाख २० हजार चार सय रुपैँया सहयोग गरेको छ ।
समन्वय समितिकी अध्यक्ष चम्पा खनाल सुवेदी , उपाध्यक्ष कुमारमणि पोखरेल, सचिव कुमार भुजेल, सदस्यहरु दुर्गा प्रसाई, देवि उप्रेती, खड्गबहादुर कार्की लगायातको उपस्थितिमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलाई सो रकम प्रदान गरिएको हो । सहकारीका तर्फबाट कनकाई नगरका सहकारी संस्थाहरुमा श्री सृजना महिला वहुउद्येश्यीय सहकारी संस्था लि. रु.११ हजार, पृथ्वी वचत तथा ऋण सहकारी संस्था लि.रु.५ हजार, समाजसेवी वचत तथा ऋण सहकारी संस्था लि.रु.११ हजार, साना किसान कृषि सहकारी संस्था लि.रु.५ हजार, कनकाई वचत तथा ऋण सहकारी संस्था लि.रु.७ हजार ५सय, जामुनखाडी कृषि सहकारी संस्था लि.७ हजार ५ सय, गोहीखाडी कृषि सहकारी संस्था लि.रु.५ हजार, नारी चेतना कृषि सहकारी संस्था लि.रु.५ हजार, भिमसेन वचत तथा ऋण सहकारी संस्था लि.रु.५ हजार, शुभेक्षा वचत तथा ऋण सहकारी संस्था लि.रु.५ हजार, नवजागरण वचत तथा ऋण सहकारी संस्था लि.रु.११ हजार, कोटीहोम कृषि सहकारी संस्था लि.रु.११ हजार, प्रगतिपथ कृषि सहकारी संस्था लि.रु.५हजार १सय, बेनुबाजा कृषि सहकारी संस्था लि.रु.५ हजार, दोमुखा बहुउद्येश्यीय सहकारी संस्था लि.रु.५ हजार, जयश्रीकृषि सहकारी संस्था लि.रु.१० हजार १ सय, सगुन महिला कृषि सहकारी संस्था लि.रु.५ हजार, आरोग्य जडीबुटी सहकारी संस्था लि.रु.२ हजार ५ सय गरी जम्मा रकम रु. १ लाख २० हजार ७ सय संकलन गरेको संस्थाका सचिव कुमार भुजेलले जानकारी दिनुभयो ।


यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ । सो रकमबाट नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न सुरु गरिसकेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर