Kanakai Online

सडकका रुखले दुर्घटना वढेको भन्दै दुर्गापुरवाशी आन्दोलित भिडियो सहित


शनिवार, वैशाख २०, २०७७ |

कनकाई अनलाईन
महेन्द्र राजमार्गमा रहेको घाग्रा पुलदेखि दुर्गापुर हुदै कनकाई नदिसम्मका बजारभित्र तथा बाहिर सडक किनारामा रहेका विद्युत पोलसग सटेका अग्ला रुखहरुले दुर्घटना वढाएको भन्दै ती रुख तत्काल हटाउन दुर्गापुरवाशीले माग गरेका छन ।
कनकाई नगरपालिकामा २ सय ५० जनाले संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाउदै दुर्गापुर बजार क्षेत्रमा रहेका सडकको दुबै किनारामा रहेका विद्युतका पोलसग सटेकाअग्ला रुखहरुले ट्रान्सफर्मरमा क्षति तथा हावाहुरीका वेला हिडडुलमा समेत समस्या आउने गरेको हावाहुरीका वखत विद्युत पोलमा रुख सटिदा घरमा रहेका विद्युतीय उपकरण टेलिभिजन, फ्रीज जल्ने गरेको भन्दै यस क्षेत्रका सबै अग्ला रुखहरु हटाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । दुर्गापुर क्षेत्रमा रहेका ठुल्ठुल्ला रुखका कारण भवितव्य आउन सक्ने भन्दै यस क्षेत्रमा रहेका रुख विरुवा हटाउन काम केहिदिनदेखि बन्द समेत भएको भन्दै आक्रोस पोखेका हुन । यस क्षेत्रमा रहेका रुखहरु नहटाइए हावाहुरीका कारण यस क्षेत्रका रुखले लागेर भवितव्य आइलागेमा यसको सम्पुर्ण जिम्मेवारी कनकाई नगरपालिका हुने समेत चेतावनी दिइएको छ । कनकाई नगरपालिका वार्डनम्बर ७ मा उक्त निवेदन दर्ता गरि नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरवाशीको माग बमोजिक यस क्षेत्रका विद्युत पोलमा सटेका सबै रुखहरु हटाइने प्रतिवद्धता जनाउनुभएको छ । ज्ञापनपत्र बुझेपछि बोल्दै नगरप्रमुख पोखरेलले जनताले दिएको ज्ञापनपत्रलाई थप कार्वाहीका लागि सम्बन्धित निकाय र तहसग समन्वय गरेर निकास दिने बताउँनुभयो । रुख हटाउने काममा हिजोका दिनमा लागिपरेको र आज र भोलीका दिनमा समेत लागिपर्ने पोखरेलले प्रतिवद्धता जनाउनुभयो । नगरप्रमुख पोखरेलले आफ्नो मात्रै पहलकदमीले समस्याको निकास नभए जनतामाझमै आउने समेत बताउँनुभयो ।

फोटो ः दुर्गापुर बजार आसपास र विद्युत पोलमा सटेका रुखहरु हटाउन माग गर्दै ज्ञापनपत्र बुझाउँदै स्थानीय र बुझ्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेल तस्वीर ः लीलाराज झापाली कनकाई अनलाईन

सम्बन्धित खबर