Kanakai Online

कनकाईमा दोस्रो चरणको राहत वितरण सुरु


शनिवार, वैशाख २०, २०७७ |

कनकाई अनलाईन
कनकाई नगरपालिकामा दोस्रो चरणको राहत वितरण सुरु भएको छ ।
नगरपालिकाले अति विपन्त र मजदुरी गरि खाने परिवारलाई छनौट गरि यसअघि नगरपालिकाभर ३४६० परिवारलाई घरघरमै पुगेर राहत वितरण गरिसकिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई अनलाईनलाई बताउँनुभयो ।
पहिलो चरणमा राहत वितरण बैज्ञानिक तरिकारले गरिएको थियो । टोल विकास समितिद्धारा छनौट गरिएको परिवारलाई घरगाउँमै पुगेर राहत वितरण गरिएको थियो । घरका प्रति सदस्य ५ किलोका दरले चामल र अन्य खाद्य सामाग्री प्रदान गरिएको थियो ।

पहिलो चरणको राहत वितरण पछि दोस्रो चरणको राहत वितरण सुरु भएको हो । कनकाई नगरपालिका ९ बाट दोस्रो चरणको राहत वितरण सुरु भएको हो । नगरप्रमुख पोखरेल वार्डनम्बर ९ का वार्डअध्यक्ष प्रेम राजवंशी , वार्डसदस्य राजेश आङ्बुहाङ लगायातको उपस्थितिमा कनकाई ९ नम्बर वार्डमा आज विभिन्न स्थानमा दोस्रो चरणको राहत वितरण गरिएको हो । अब आगामी दिनमा क्रमश अन्य वार्डहरुमा समेत राहत वितरण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

सम्बन्धित खबर