Kanakai Online

रानी बनको पोखरी लिजमा,वार्षिक ४ लाख ४ हजार ४४४।


शुक्रवार, वैशाख १९, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १९।रानी समुदायीक बन भित्र रहेको पोखरी माछा पालनका लागि भाडामा दिइएको छ।झाँगाटोली मत्स्य पालन समूहले उक्त पोखरी लिजमा लिएको हो।

पुरानो सम्झौताको तीन वर्ष पुगेपछी नयाँ टेन्डर गत बैशाख १३ गते खुलाइएको थियो।नयाँ टेन्डर आव्हान गरेसंगै विभिन्न मत्स्यपालन समूहको बोलाबोलमा प्रेमकुमार आङदम्बे प्रोपाइटर रहेको झाँगाटोली मत्स्य पालन समूहले पोखरी लिजमा लिएको रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र आङदम्बेले कनकाई अनलाइनलाई बताए।

आङ्दम्बेको समूहले उक्त पोखरी ७ बर्षका लागि भाडामा लिएका हुन।वार्षीक बीस हजार रुपैयाँका दरले बढ्ने गरि यो पटकको पहिलो वार्षीकी चार लाख चार हजार चार सय चौवालिस रुपैयाँमा भाडामा दिएको वन समितिका उपाध्यक्ष कमल गनगाईंले बताए।

रानी समुदायिक बनक्षेत्रको झापा गाउँपालीका-७ मा उक्त पोखरी निर्माण गरिएको छ।बिगत केही वर्ष यता देखि उक्त पोखरीमा मत्स्यपालक किसानहरुले माछा पालनका लागि पोखरी लिजमा लिदै आएका छन।उक्त पोखरीको क्षेत्रफल करिब दस हेक्टर रहेको बन समितिका पुर्व सचिब भबिन्द्र भन्डारीको भनाई छ।

सम्बन्धित खबर