Kanakai Online

सेवा निवृत्त कर्मचारी समाजको कोरोना कोषमा १० हजार सहयोग


शुक्रवार, वैशाख १९, २०७७ |

कनकाई अनलाईन
सेवा निवृत्त कर्मचारी समाजले कोरोना बिरूद्ध लड्नका लागि भद्रपुर नगरपालिकालाई १० हजार ५०० आर्थिक सहयोग गरेको छ । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारको गाँस जुटाउन समाजले सो रकम सहयोग गरेको हो ।
समाजका अध्यक्ष धनप्रसाद शिवाकोटी तथा सचिव चेतनाथ भट्टराईको नेतृत्वमा गएको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए ।
समाजले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्दै आएका श्रमिकको गाँस जुटाउन सामाजिक उत्तरदायित्व अन्र्तगत रमक हस्तान्तरण गरेको सचिव भट्टराईले जानकारी दिए ।

सम्बन्धित खबर