कनकाई अनलाईन
कनकाई सामुदायिक वन समुहका अध्यक्ष तथा होटल डिलाईटका संचालक ख्याम ओलीले कनकाई नगरमा रहेका अतिविपन्न परिवारलाई तत्काल राहत दिनु भएको छ ।
घरमै चुल्हेनै बल्न नपाएका घरपरिवारका लागि ओलीले कनकाई नगरपालिकाको सम्बन्धित वार्ड र टोल विकास समिति र कनकाईका क्षेत्रका सक्रिय पत्रकार समेतको सिफारिसमा युवा नेता ओलीले घरघरमै पुगेर आवश्यकता अनुसार राहत लिएर घर पुग्न थाल्नुभएको हो । नगरपालिकाबाट दिइने राहतमा प्राविधिक रुपमा मिलाउन ढिलाई हुने अवस्था आएमा ओलीले आफ्नै खर्चमा जनप्रतिनिधि समेतको रोहबरमा राहत बितरण सुरु गर्नुभएको हो । आज ओलीले कनकाई १ नम्बर वार्डको शान्ति टोलका अतिविपन्न २ परिवारलाई प्रतिपरिवार २० किलो चामल, २ केजी दाल, १ लिटर खानेतेल र साबुन वितरण गर्नुभएको हो ।
राहत वितरणमा कनकाई नगरपालिकाको सम्बन्धित वार्डका वडाध्यक्ष रोषनराज पोखरेल, टोल विकास समितिका अध्यक्ष पदम खबास पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली , पत्रकार चन्द्र बस्नेत लगायातको सहभागिता रहेको थियो । सम्बन्धित अतिविपन्न परिवारको घरको पहिचान कनकाईका संचारकर्मी चन्द्र बस्नेत मार्फत भएको भन्दै ओलीले अन्य परिवारमा समेत यस्तो अवस्था आएमा पहिला ती गरिब परिवारमा चुल्हे सल्काएर मात्रै आफु खाना पस्कने बताउँनुभएको छ । ओलीले यसअघि आफुले सामुदायिक वनबाट पाएको सबै तलव भक्तालाई गरिब परिवारका विद्यार्थीको शिक्षा तथा पत्रकार उपचारकोषको जिल्लाको खातामा जम्मा गरिदिनुभएको छ ।
तस्वीर ः राहत वितरणपछि फोटो खिचाउदै समाजसेवी ओली, वार्डध्यक्ष पोखरेल र टोल विकास समितिका अध्यक्ष खबास ः फोटो लीलाराज झापाली कनकाई अनलाईन