Kanakai Online

कामाटोली बजारमा मानिसको चहलपहल यस्तो देखियो।


बिहिवार, वैशाख १८, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १८।झापा गाउँपालीका-३ मा पर्ने कामाटोली बजारमा बिहानको समय मानिसको चहलपहल निकै देखिएको छ।

झापा गाउँपालीकाले आज देखि लागू हुने गरि अत्यावश्यक सामानको खरिद बिक्री (खाद्यान्न,सब्जी तरकारी फलफूल)मा बिहान ७ बजे देखी १० बजे सम्म मात्र खरिद बिक्री गर्न पाइने नयाँ सर्कुलर जारी गरे संगै बजारमा बिहानको समय यस्तो भिड लागेको हो।

गाउँपालीकाले हिजो खाद्यान्न,सब्जी तरकारी फलफूल तथा सहकारीहरु खोल्न तोकीएको मापदण्ड पूरा गरि बिहान ७ बजे देखि १० बजे सम्म मात्र दिइने निर्णयका सन्दर्भमा यहाँका सुरक्षा निकाय संग आव्यश्यक सहजीकरणका लागि अनुरोध समेत गरेको थियो।

सम्बन्धित खबर