कनकाई अनलाईन
काठमाडौँ–बारा र पर्सामा कोरोना भाइरसका चार सङ्क्रमित फेला परेका छन् । ती जिल्लामा दुई दुई जना सङ्क्रमित भेटिएका हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बुधवार कोरोनाका चार जना नयाँ सङ्क्रमित थपिएको बताए । उनका अनुसार चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन्।
सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन्। सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका उमेरका छन्। सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको छ । थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ । पूर्णरुपमा स्वस्थ भएर घर फर्किनेको संख्या १६ छ।