Kanakai Online

झापा बजार व्यावस्थापनद्धारा हातधुने ट्याङ्गी


बुधवार, वैशाख १७, २०७७ |

कनकाई अनलाईन
झापा बजार व्यावस्थापन समितिले आफ्नो बजार क्षेत्रमा कोरोना संक्रमणबाट वच्नका लागि विभिन्न ७ स्थानमा हातधुने पानीका लागि ट्याङ्की र साबुन राखेका छन ।


कनकाई उद्योग बाणिज्य संघकै मातहतमा रहेपनि कनकाई उद्योग वाणिज्य संघबाट सहयोग नपाएपछि आफ्नै लगानीमा आफ्ना व्यावसायी र जनताका लागि झापा बजार आसपासका विभिन्न ७ स्थानमा ट्याङ्गी राखेको झापा बजार व्यावस्थापन समितिका अध्यक्ष बिकास अग्रवालले बताउँनुभयो ।


बजार क्षेत्रमा अन्य विकासप्रेमी सामाजिक व्याक्तित्वहरुको सहयोगमा बजारमा फोहोर फ्याक्ने डस्विन समेत राखिएको बजार व्यावस्थापन समितिका उपाध्यक्ष मनोज खत्रीले बताउँनुभयो । झापा बजार व्यावस्थापन समितिमा हाल १ सय ३८ जना सदस्य रहेको बजार व्यावस्थापन समितिका बरिष्ठ उपाध्यक्ष चन्द्रदेव यादवले बताउँनुभयो । बजार व्यावस्थापनको समेत अग्रसरतामा नेपाल भारत सिमामा स्थानीय जनता जनप्रतिनिधि प्रहरीको सक्रियतामा दिवा तथा रात्रीकालिन गस्ती गर्ने गरिएको झापा बजार व्यावस्थापन समितिका सचिव शंकर शाहले बताउँनुभयो ।

सम्बन्धित खबर