कनकाई अनलाईन
सुरुङ्गा क्षेत्रमा खटिएका ५ जना पत्रकारलाई गरमकाली पेट्रोल पम्पका संचालक तथा कनकाई उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले निशुल्क इन्धन पेट्रोल प्रदान गर्नुभएको छ ।
पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापालीको संयोजनमा यस क्षेत्रका सक्रिय पत्रकारहरु गोरखापत्र दैनिकका लीलाराज झापाली, पुर्वाञ्चल दैनिक तथा अनलाईनका पत्रकार तीर्थराज खरेल, जनसंसद दैनिकका पत्रकार रामप्रसाद निरौला , कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईँ र आगन एफएफमका समाचार वाचक चन्द्र बस्नेतलाई फुल ट्याङकीका दरले पेट्रोल प्रदान गर्नुभएको हो ।
पोखरेलले पत्रकारले सुचना संकलन राहत वितरण लगायातको क्रियाकलापमा निरन्तर खटिनुभएकोले पत्रकारको सहजताको लागि आफुले सहयोग गरेको मेची पेट्रोल डिलर्स एशोसिएसनका सदस्य समेत रहनुभएका पोखरेलले कनकाई अनलाईसग बताउँनुभयो ।
पत्रकारलाई यसअघि स्थानीय सम्भु शाह तथा उहाँकी श्रीमती ममता शाहद्धारा एन नाइन्टिफाईफ मास्क सहित अन्य स्वास्थ्य सामाग्री तथा यस क्षेत्रका अन्य मेडिसिन सेन्टरहरु प्रधान , सुरुङ्गा र न्युरोबाट समेत स्वास्थ्य सामाग्री उपलब्ध गराइएको कनकाई अनलाईनका प्रधान सम्पादक केशव चापागाईँले बताउँनुभयो ।