कनकाई अनलाइन
झापा,बैशाख १६।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका अन्तर्गत पर्ने साहारा नेपाल साकोषमा कार्यरत कर्मचारीहरुले संयुक्तरुपमा बीस हजार पाँच रुपैयाँ सहयोग गरेका छन।
एक विशेष कार्यक्रमका बिच कर्मचारीहरुले उक्त रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गरेका थिए।अध्यक्ष जयनारायण शाहले सबै दाताहरुलाई धन्यबाद समेत दिएका थिए।
कर्मचारीहरु झापा गाउँपालीका-४ का सन्तोष प्रसाद गणेश,झापा गाउँपालीका-२ का महेश शाह,झापा गाउँपालीका-६ का कुल प्रसाद प्रसाईं(कमल) र झापा गाउँपालीका-२ का शेर बहादुर कटुवाल(बाबुराम) ले सयुक्तरुपमा उक्त रकम प्रदान गरेका हुन।
झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।