Kanakai Online

बाह्रदशी र दमकमा कोरोना संक्रमित देखिँदा झापा गाउँपालीकामा कडाइ।


मङ्गलवार, वैशाख १६, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १६।बाह्रदशी र दमकमा कोरोना संक्रमित देखिँदा झापा गाउँपालीकामा लकडाउनलाई कडा पारिएको छ।

यहाँका चोक बजारमा सुरक्षाकर्मी शसक्तरुपमा परिचालन भएका छन।बिहान ६ बजे देखि ९.५९ बजे सम्म मात्र अत्यावश्यक सामान खरिद गर्न दिइएको छ।त्यसपछी मानिसको आवतजावत र आवागमनलाई पुर्णरुपमा नि:शेध गरिएको छ।अत्यावश्यक साधनहरुलाई मात्र सडकमा कुद्न दिइएको कुमरखोद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताए।

गत आइतबार बाह्रदशी गाउँपालीका-४ का एक मुस्लिम समुदायका व्यक्तीमा कोभिड-१९ को संक्रमण देखिए पछी झापा गाउँपालीकाले पनि सावधानी अपनाएको हो।गाउँपालीकाको निर्देसन वमोजिम गाउँपालीकाका वडा समितीहरुले लकडाउनमा कडाइ गर्न सुरक्षाकर्मीहरु संग समन्वय गरेर उक्त निर्णय गरेका हुन।

झापा गाउँपालीकाले यस संकटको घडीमा सावधानी अपनाउदै तत्कालै अर्को निर्णय नभए सम्म गाउँकार्य पालीकाको कार्यालय र वडाकार्यालयहरु पनि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले कनकाई अनलाइनलाई बताए।

सम्बन्धित खबर