कनकाई अनलाइन
झापा,बैशाख १५।हिजो भर्खरै झापा गाउँपालीकाको छिमेकी गाउँपालीका बार्हदसी गाउँपालीका-४ का एक मुस्लिम समुदायका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछी झापा गाउँपालीकाबासीमा पनी त्रास वढेको छ।बार्हदसी गाउँपालीकाले आज गाउँपालीकाको चार किल्ला पनि शिल गरिसकेको खबर छ।
यस्तो विषम परिस्थितिमा अब झापा गाउँपालीकाले के गर्ला त?कस्तो सावधानी अपनाउला त?आम जनचासोको बिषय हो।बार्हदसीका ती मुल्बी संक्रमित झापा गाउँपालीका आएका थिए त?उनको चेन कहाँ सम्म गयो त?पक्कै यो गम्भीर बिषय बनेको छ।त्यसै पनी झापा गाउँपालीका नेपाल भारत सिमामा पर्ने भएको हुँदा यहाँ कोभिड-१९ को उच्च जोखिम रहेको छ।यो विषम परिस्थितिमा झापा गाउँपालीकाले पुर्वसतर्कता देखाउन जरुरी देखिएको छ।लकडाउनमा कडाइ गरि मानिसको आवतजावत र आवागमनलाई रोक्नु पर्ने देखिएको छ।अत्यावश्यक बस्तुको खरिद विक्रीमा पनि सजकता अपनाउनु पर्ने देखिएको छ।यहाँका कार्यालयहरु बन्द गरिनु पर्ने अबस्था देखिएको छ।कोभिड-१९ को संक्रमण फैलनु भन्दा पुर्व यी सजकता अपनाइएन भने फुर्सदमा पछुताउनुको विकल्प रहने छैन।
लामो समय देखीको लकडाउनले थङथिलो बनाएका गाउँबासी बिगतका केही दिनयता विबिध अत्यावश्यक कामले बाहिर निक्लिनु पर्ने बाध्यता भएपनी अब भने सबैले सोच्नै पर्ने बेला आएको छ।अब सुरक्षाकर्मीको मात्र मुख ताकेर बस्नु भन्दा यहाँ गाउँबासी पनि सजग हुनुपर्ने बेला आएको छ।
स्रोतका अनुसार यस परिस्थितिको मुल्याङकन गर्दै झापा गाउँपालीकाले पनि सुरक्षाकर्मी,स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरु संगको छलफललाई तिब्र बनाएको बताइन्छ।लकडाउन पालनामा कडाइ गरिनुका साथै मानिसको आवतजावत तथा आवागमनमा कडाई गरिने आन्तरिक छलफल भईरहेको स्रोतले बतायो।