कनकाई अनलाईन
कनकाई नगरपालिका ३ का ५ युवाद्धारा कनकाईका ९ वटै वार्डमा अत्यावश्कीय सामानहरुको घरदैलो सेवा सुरु गरेका छन ।
विश्वमा कोरोना भाइरसका कारण मानिसहरुले अत्यावश्कीय सेवाका लागि समस्या परिरहेको वेला यहाँका ५ युवाहरु गोविन्द सुवेदी, लीलाराज झापाली, नविन सिटौला, उत्सव वास्तोला र दुलाल बर्माद्धारा कनकाईका ९ वटै वार्डमा ताजा तरकारी, फलफुल, खाद्यान्न, किराना, औषधि समेतको सेवाको घरदैलो सेवा सुरु गरेका हुन ।
सुवेदी बजार व्यावस्थापन समितिका सहसचिव तथा अन्य विभिन्न सामाजिक तथा युवा क्लवमा आवद्ध रहनुभएको छ भने झापाली नेपाल पत्रकार महासंघ झापाको कार्यसमितिको सदस्य रहनुभएको छ । सिटौला र वास्तोला दुबै झापाका स्थापित विद्यार्थी नेता रहनुभएको छ । बर्मा सुरुङ्गाका युवा व्यावसायी रहनुभएको छ । लकडाउनका वेला घरभित्रै वस्न र महगो र कालो बजारीका कारण सर्वसाधरण आर्जित भएको वेला सबैलाई सेवा दिन आफुहरुले सुलभ दरमै अत्यावश्यीय सामाग्रीहरुको घरदैलो सेवा सुरु गरिएको एटु जेट सेवा कनकाईका संयोजक गोविन्द सुवेदीले बताउँनुभयो ।
आफुहरुले कनकाई नगरपालिकासगको समन्वयमा सम्पुर्ण अत्यावश्यकीय सामाग्रीहरु चिनी प्रतिकिलो ८५ रुपैँया र नुन प्रतिकिलो २० रुपैँयाका दरले र औषधिसमेत खाली खोलको आधारमा उपलब्ध गराइदै आएको अभियानका संहसंयोजक लीलाराज झापालीले बताउँनुभयो ।
औषधिजन्य सामाग्रीको सुरुङ्गा मेडिकल सेन्टरको सहकार्य तथा खाद्यान्न मिनाल तिम्सिनाको संयोजनमा सुलभ दरमा वितरण गरिएको अभियानका सदस्य एवम् विद्यार्थी नेता नविन सिटौलाले बताउँनुभयो ।
लकडाउनकै दिनदेखि सुरु गरिएको यस अभियानबाट हालसम्म १ हजार परिवारले घरदैलोबाट सेवा लिइसकेको सामान खरिद विक्रीका लागि सुरक्षाको सवै उपाय अपनाइएको किनमेलका लागि निश्चित दुरी कायम तथा मास्क , सेनिटाइजरको प्रयोगपछि मात्रै सामान खरिदविक्री गरिने गरिएको अभियानका सदस्य उत्सव बास्तोलाले बताउँनुभयो । सबै तरकारीहरु कनकाई नगरपालिकामा उत्पादन गरिएको मात्रै विक्री वितरण गरिने गरिएको तथा ५ सय भन्दा वढीको सामाग्रीहरु कनकाई नगरपालिकाभर अर्डर गरेमा घरदैलोमै सामाग्रीहरु पुर्याइदिने गरिएको अभियानका सदस्य दुलाल बर्माले बताउनुभयो ।
अर्डरका लागि ९८१५०६६१४६ र ९८०७९५००७१ मा सम्पर्क राख्न समेत अभियानको आग्रह छ । घरदैलो सेवा सुरु भएपछि कृषकको उत्पादनले बजार पाएको तथा कोरोना त्रासदीमा रहेका कनकाई नगरवाशीहरुले समेत सुविधा पाएको स्थानीयवाशीले खुसी व्याक्त गरेका छन ।