Kanakai Online

फादरहरुद्वारा एक सय विपन्न घरपरिवारलाई राहत सामग्री।


सोमवार, वैशाख १५, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १५।झापा गाउँपालिकाले कोरोना महामारीवाट आफ्ना गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका वडा नं २ मा रहेको सेन्ट जेविर्यस स्कुल सडकवारीका फादरहरु पिटर क्षेत्री र विजय टप्पो द्वयले नेपाल जेजुइत संस्थाको प्रतिनिधिकोरुपमा यहाँका एक सय विपन्न घरपरिवारका लागि राहत सामग्री प्रदान गरेका छन। 

फादरहरुले एक विशेष कार्यक्रमका विच उक्त राहत समग्री झापा गाउँपालिकाका अध्यक्ष  जयनारायण शाहलाई हस्तान्तरण गरेका थिए।

फादरहरुले एक सय घरपरिवारलाई दस केजी चामल,एक केजी नुन,एक केजी दाल र एक थान साबुन प्रदान गरेका हुन।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर