Kanakai Online

गणेश दम्पतीद्वारा झापा राहत कोषमा १० हजार ५५।


आइतवार, वैशाख १४, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी जगरनाथप्रसाद र कुन्तीदेवी गणेश दम्पतीले दस  हजार पचपन्न रुपैयाँ सहयोग गर्नुभएको छ।

दम्पतीले एक विशेष कार्यक्रम वीच उक्त  सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष  जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो। यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुहरुले स्वच्छाले उक्त सहयोग गरेको गणेश दम्पतीको भनाई छ।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो।

जगरनाथप्रसाद झापा बजारमा रहेको बिजय कोल्ड ड्रीङ्सका संचालक हुनुहुन्छ भने कुन्तीदेवी स्थानीय जगदम्बा प्राविकि अध्यापक रहनु भएको छ।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर