कनकाई अनलाइन
झापा,बैशाख १४।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी बिकास अग्रवालले दस हजार पाँच सय रुपैयाँ सहयोग गर्नुभएको छ ।
अग्रवालले एक विशेष कार्यक्रम वीच उक्त सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भयो। यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको अग्रवालले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो।
अग्रवाल झापा बजार व्यवस्थापन समितीका अध्यक्ष तथा झापा बजारमा रहेको विकास हार्डवेयरका संचालक समेत रहनु भएको छ।
झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।