कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगरपालिका ३ निवाशी प्रदेश सरकारका स्वास्थ्य आर्पूति व्यावस्थापन केन्द्रका प्रमुख तथा सुभम मेडिकल सेन्टरका संचालक सम्भु शाहले नगद ११ हजार रुपैँया सहयोग गर्नुभएको छ ।
शाहले कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई उक्त रकम प्रदान गर्नुभएको हो । शाहले कनकाईका सक्रिय पत्रकारलाई समेत अत्यावश्कीय स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको छ । शाहकै पहलमा कनकाई नगरपालिका तथा झापा गाउँपालिका क्षेत्रमा थप स्वास्थ्य सामाग्रीहरु समेत आएको बताइएको छ । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६० लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।