कनकाई अनलाइन
झापा,बैशाख १२।इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा विशेषगरी मुस्लिम समुदायका व्यक्तिहरुले सामुहिक रुपमा मस्जिदमा कम्तीमा पाँच पटक नवाज पढ्ने, कुरान पढ्ने र इफ्तार गर्ने गर्छन।
यसरी हुने भिडभाडलाई रोक्न मुस्लिम संगठन नेपालका केन्द्रीय सदस्य तथा झापा जिल्ला सह-इन्चार्ज साजेमान सेखले आम मुस्लिमहरुलाई आग्रह गरेका छन।उनले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन।
उनको प्रेस बिज्ञप्ती जस्ताको तस्तै।
रमदान मुबारक सम्पूर्ण मा!
आस्सलामो अलैकुम सम्पूर्ण मुस्लिम आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्ब प्रथम म हाम्रो मुस्लिम समुदायको यसै १३ गते बाट सुरु हुन गइराखेको रमजान को अग्रिम सुभकामना ब्यक्त गर्द छु र यो एक महिने लामो लिने रमजान को बर्त संग संगै कोरोना संग लड्न अल्लाह ले हामी सम्पूर्ण नेपाली लाई शक्ति दिउन भन्ने कामना पनि गर्दछु, रमजान पर्ब ले सम्पूर्ण नेपालीलाई कोरोना बाट रक्षा गरुन भन्दै सम्पूर्णमा ताराबी नमाज / सलाह /फ़रज/सुन्नत नमाज लगायत सम्पूर्ण नमाज घर मै पढी देशमा चलिरहेको यो दु:खद घडीमा काधमा काध मिलाई कोरोना सँग लड्न सरकारलाई साथ दिन आग्रह गर्दछु।बाचे रमजान फेरी आउने छ नबाचे आउन्न सो म सम्पूर्ण धार्मिक कार्य हरु घरमै गर्न म पुन हार्दिक अनुरोध गर्दछु। साथै यो दु:खद घडीमा सरकाले जनताको हितको लागि लागु गरेको सम्पूर्ण कुरा को पालन गर्दै आफु बच्ने र अरुलाई पनि बचाउने काम गर्न आग्रह गर्दछु धन्यवाद।
साजेमान शेख
मुस्लिम संगठन नेपाल
केन्द्रीय सदस्य तथा झापा जिल्ला सह – इन्चार्ज।