Kanakai Online

मकाउबाट डिल्लीराज उप्रेतीको झापा राहत कोषमा १० हजार २ सय २।


बिहिवार, वैशाख ११, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १०।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा हाल बैदेशिक रोजगारका क्रममा मकाउमा कार्यरत झापा गाउँपालिका-३ निवासी डिल्लीराज उप्रेतीले दस हजार दुई सय दुई रुपैयाँ सहयोग गर्नुभएको  छ ।

एक विशेष कार्यक्रमका वीच उक्त  सहयोग रकम उप्रेतीकी श्रीमती लिला खरेल उप्रेतीले गाउँपालिकाका अध्यक्ष  जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।यो विपदको घडीमा आफ्ना विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको उप्रेतीले कनकाई अनलाइनलाई बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो।

उप्रेती बैदेशिक रोजगारका क्रममा बिगत चार वर्ष देखि मकाउमा कार्यरत हुनुहुन्छ।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।