Kanakai Online

शान्ती सुब्बाद्वारा झापा राहत कोषमा ११ हजार १ सय ११ ।


बुधवार, वैशाख १०, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १०।झापा गाउँपालिकाले कोरोना महामारीवाट अाफ्नो गाउँपालिकाका नागरिकहरुलाई सहयोग गर्न वनाएको कोरोना राहत कोषमा झापा गाउँपालिका-२ निवासी शान्ति सुब्बा राइले एघार हजार एकसय एघार रुपैयाँ सहयोग गर्नुभएको  छ ।

सुब्बाले एक विशेष कार्यक्रम वीच उक्त  सहयोग रकम झापा गाउँपालिकाका अध्यक्ष  जयनारायण शाहलाई हस्तान्तरण गर्नु भयो।यो विपदको घडीमा विपन्न गाउँबासीलाई केही राहत होस भनी आफुले स्वच्छाले उक्त सहयोग गरेको सुब्बाले बताउँनु भयो।सहयोगी दातालाई अध्यक्ष शाहले धन्यबाद प्रदान गर्नुभयो।

सुब्बा झापा वजार व्यवस्थापन समितिका पूर्व कोषाध्यक्ष तथा मातारानी सप्लायर्सका संचालक समेत रहनु भएको छ।

झापा गाउँपालिकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । यस कोषमा थप सहयोग गर्न  गाउँपालिकाले सम्पूर्ण संघ सस्था , उधोगी ,व्यापारी व्यावसायी , स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाइ , दिदिबहिनी समक्ष अनुरोध समेत  गरेको  छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर