कनकाई अनलाइन
झापा,बैशाख १०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा हाल अमेरिका बस्ने झापा गाउँपालीका-६ निवासी सुमन थामसुहाङ लिम्बुले दस हजार सहयोग गर्नुभएको छ।
एक विशेष कार्यक्रमका बिच लिम्बुले पठाएको उक्त सहयोग रकम झापा गाउँपालीका-६ निवासी जीवन कटुवालले गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।यस्ता सहयोगी मनको सधै खाँचो रहनेछ भन्दै दातालाई शाहले धन्यबाद दिनुभयो।
लिम्बुले यसअघी पनि विपदका बेला गाउँबासीहरुलाई पटक-पटक सहयोग गरेको बताइन्छ।यो पहिलो चरणको सहयोग रकम भन्दै भईपरी आए फेरि पनि सहयोग गर्ने लिम्बुको भनाई छ।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ।यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।