Kanakai Online

कनकाई मेयरको साईकल मोह


आइतवार, वैशाख ७, २०७७ |

कनकाई अनलाईन
कतिपय नगरपालिकाका प्रमुख उपप्रमुख समेतले आफ्नो महत्व देखाउन करोडौ रुपैँयाको सरकारी गाडी चढिरहेकोबेला झापा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भने हाल आफ्नो दैनिक काममा साईकलमै गएर गर्ने गर्नुभएको छ ।
आजसम्म सरकारी गाडी समेत खरिद नगरेर देशकै उत्कृष्ट नगरप्रमुखका रुपमा समेत चिनिनुभएका नगरप्रमुख पोखरेल कोरोना प्रकोपका लागि नियमित राहत वितरण देखि अपिस आउन जान समेत दैनिक साइकलकै प्रयोग गर्दै आउनुभएको छ ।

यसबाट कोरोनाबाट बच्न र आफ्नो नियमित शारिरीक व्यायामका लागि समेत फाइदा पुगेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । कनकाई नगरपालिकामा हाल आफ्नै स्काभेटर, जेसिभी, ट्रिपर लगायातका गाडीहरु रहेका छन जुन विकास निर्माणका लागि प्रयोग हुने गरेका छन । कोरोना प्रकोपका कारण दैनिकी व्यस्त रहनुपर्दा कतिपय दिन आफ्नो नियमित शारिरीक अभ्यासनै छुट्ने गरेको तर आफ्नो साईकल दैनिकीले यसलाई समेत मद्धत मिलिरहेको नगरप्रमुख पोखरेलको भनाई छ । साईकलमा नियमित हिड्दा एक्लै हिडिने भएकोले कोरोना सर्तकर्ता अपनाउन समेत पाइएको नगरप्रमुख पोखरेलको भनाई छ ।

आफ्नो स्वास्थ्य चेतनावारे नगरप्रमुख पोखरेलले हालसम्म एउटा सिटामोल गोली समेत सेवन गर्नुनपरेको सुखद अनुभव समेत छ । पोखरेलको आफ्नै निजि सवारी समेत रहेको छ तर कोरोना महामारीबाट बच्न नगरप्रमुख पोखरेलले अपनाएको सर्तकताबाट केही सिक्ने पो हो कि ?