Kanakai Online

कनकाई कोषमा विष्णुप्रसाद ओलीको साढे १२ हजार


आइतवार, वैशाख ७, २०७७ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना राहत कोषमा कनकाई नगरपालिका १ हाल काठमाण्डौनिवासी रहनुभएका विष्णुप्रसाद ओली तथा छायादेवि ओलीले नगद १२ हजार ५ सय रुपैँया सहयोग गर्नुभएको छ ।

ओलीले कनकाई नगरपालिका १ का वडाध्यक्ष रोषनराज पोखरेलमार्फत उक्त रकम आजै कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई प्रदान गर्नुभएको हो । कनकाई नगरपालिकाद्धारा स्थापित यस कोषमा हालसम्म ६० लाख वढी रकम संकलन भइसकेको छ भने कनकाई नगरपालिकाभर पहिलो चरणको राहत वितरण सकाएर दोस्रो चरणको राहत सुरु गरिसकिएको छ ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।