Kanakai Online

✍️दुर्गा आचार्य-भुकम्पलाई जितेको मेरो देशले कोरोनालाई अवश्य जित्नेछ।


आइतवार, वैशाख ७, २०७७ |

✍️दुर्गा आचार्य

प्राकृतिक सौन्दर्यताले धनी मानिएको मेरो देश, प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हुँदाहुँदै पनि प्राकृतिक प्रकोप को दृष्टिले पनि अत्यन्तै जोखिमयुक्त रहेको छ। वर्षेनी भइरहने प्राकृतिक प्रकोपको घाउ जाति हुन नपाउँदै अर्को प्रकोपले संक्रमण गरि रहेको हामी सबै मा अवगतनै छ ।

प्राकृतिक विपत्तिका कारण वर्षेनी ठुलो धनजनको क्षति व्यहोर्ने मेरो देश,भूकम्प,बाढी पहिरो,डुबान, हिम पहिरो, सित लहर जस्ता प्राकृतिक विपत्तिले पिरोलिएका जनता कस्टैकस्ट मा दिन बिताउन बाध्य भएका छ्न ।

केही वर्ष पहिले मात्र गएको विनाशकारी महाभूकम्पका कारण कयौं नेपालिले ज्यानको आवती दिनुपर्यो भने कयौं नागरिकहरू बेपत्ता हुन बाध्य भए ।

हजार भन्दा बढी घरहरू पूर्णरुपमा क्षति भयो ।कयौं नेपाली घरबारबिहिन भए । मेरो देश नेपाल ले कयौं खर्व बराबरको आर्थिक क्षतिलाई बेहोर्न बाध्य भयो।लाखौँ जनता खुला आकाश मुनी वर्षौँ बिताए।

विभिन्न दातृराष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू र आम नेपालीको आ-आफ्नो सहयोग तथा समन्वयद्वारा भुकम्प बाट थलिएको घरहरू, पुननिर्माण गरी भर्खर देशलाई समृद्धिको बाटोमा लादै गर्दा पुनः विश्वनै कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमणबाट अछुतो रहन सकेन।

विश्व भरको तथ्याङ्कलाई हेर्ने हो भने कोरोना भाइरसका कारण लाखौ सङ्क्रमित भैसकेको छन् । लाखौं व्यक्तिले ज्यान गुमाइसकेको छन् । हालसम्म नेपालमा ३१ जना लाई कोरोना पुष्टि भइ सकेको छ ।विश्वका विभिन्न शक्तिशाली राष्ट्रहरूका नागरिकहरुलाइ पनि आतङ्कित बनाइ रहदा कयौं मानिसहरु लाई मृत्युवरण गर्न बाध्य बनाएको छ । कोरोना भाइरसको संक्रमणबाट तीन करोड नेपालीलाई कोरोना बाट बचाइ राख्न , पुर्वको पाथिभरा र पशुपतीनाथको दर्शन र प्राथनाले मात्रै सम्भव छैन।

यसो भनिरहँदा कोरोना संगको युद्धमा विजय हासिलको लागि सरकार प्रभावकारी नभएको भनी तर्क गर्नु उपयुक्त हुदैन । बर्सेनि आइ रहने प्राकृतिक विपत्ति र शक्तिशाली राष्ट्रहरुले संक्रमण लाई जित्न नसकेको कोरोना विरुद्धको युद्धलाई विभिन्न तरिका बाट विश्लेषण गरी आफ्नो कोरोना विरुद्धको गतिलाई प्रभावकारी ढंग बाट अघी बडाउनु पर्ने देखिन्छ। कोरोना विरुद्धको युद्धलाई सफल पार्न आवश्यक स्रोत साधन र पर्याप्त ज्ञान विना नै गति बढाएर स्वास्थ्य नागरिक, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य राष्ट्र सेवक कर्मचारीहरूलाई जोखिममा पुर्‍याउने चेष्टा गर्नु उचित हुदैन र यो काम सरकार ले नगरेकै राम्रो र नगरोस् पनि ।

यतिबेला सरकारले आफ्नो तवरबाट गरेका जे जति प्रयासहरू छन् त्यसलाई सुरक्षित अनुशासित ढङ्गबाट पालना गरी सरकारको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार लाई सहयोग, तथा समन्वय गर्नु आम नागरिकहरूको दायित्व हो। कोरोना संक्रमण युद्धमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु अग्र भागमा राखी यस युद्ध लाई सफल बनाउन प्रोत्साहन गर्नु पर्ने हुन्छ । यसरी अन्तर्राष्ट्रिय सङ्कटको रूपमा देखिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जनताका लागि घर समाज त्यागी चौबिसै घण्टा सेवामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मी तथा राष्ट्र सेवकहरूको उच्च मूल्याङ्कन गरि पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ र सरकारले यसलाइ महत्त्वपूर्ण का साथ अघी बढाउँनु पर्छ ।

सङ्कटको घडीमा आवश्यक तयारी, विभिन्न नीति निर्णय सम्बन्धी सूचना प्रवाह सहि तरिकाले गर्नुपर्छ कोरोना संक्रमण र रोकथामको लागि आव्हान गरिएको लकडाउनको समयमा दिन भरी काम गरेर बेलुकाको चुलो मा आगो बाल्ने गरिब निमुखा जनता लाई खाद्यान्न को व्यवस्था गरिनु पर्द्छ साथै अति विपन्न परिवारहरूलाई आपतकालीन राहत सामाग्री वितरण तथा संक्रमण क्षेत्रका लागि आवश्यक पीपीई, स्यानिटाइजर, मास्क लगायतका अत्यावश्यक सामाग्री वितरण गरि आम नेपालीमा सक्षम सरकारले अभिभावकत्व ग्रहण गर्ने कोसिस पर्दछ ।

कोरोना ले विश्व लाई संक्रमणले घेरी रहँदा बिदेश मा रहेको नेपाली लाई नि मेरो सरकारले भुल्नु हुदैन । बिदेशमा रहेको नेपालीलाई सरकारले आफ्नो दायित्व पुरागरी सुरक्षीत बनाउनु पर्छ यो कुरा भुल्नु हुन्नकी बिदेशमा रहेका दाजुभाइ दिदिबहिनी हरुले आफ्नो ज्यान जोखिममा राखेर कमाएको पैसा अर्थात रेमिटेन्सबाट चलेको देश हो भनी ।

कोरानाको कारण मृत्युवरण गर्नेको सङ्ख्या बढिरहँदा मेरो सरकारले विबिन्न छेत्र मा अझै सम्म पनि परीक्षण गर्न नसक्नु, परीक्षण किट लगायत अन्य अत्यावश्यक सामाग्रीहरू खरिद प्रक्रियामा पटक पटक विवादमा मुछिनु, पूर्ण तयारी सहित स्वास्थ्य कर्मी तथा चिकित्सकलाई आफू सुरक्षित रहेको अनुभूति गराउन नसक्नु , निजि क्षेत्रले बिरामी को उपचार नगरी गेट बाटै फिर्ता पठाउदा समेत कारबाही गर्न नसक्नु ,सामान्य ज्वरो आउदा पनि बिरामीहरूले स्वास्थ्य उपचार पाउन नसकी मृत्युको सिकार बन्नुपर्ने जस्ता पिडादायक स्थिति सिर्जना हुँदा आम नेपालिले सरकार लाई ढुक्कले विश्वास गर्न सकिरहेका छैनन्।

कोरोना विरुद्धको लडाइमा सम्पुर्ण नेपाली जुटी विभिन्न कठोर परिस्थिति लाई सामना गर्दै जितेर उठेको मेरो देशले कोरोना विरुद्धको युद्धमा अवस्य जित्नेछ।

✍️दुर्गा आचार्य

सुर्योदय नगरपालीका-१४,इलाम

सर्वाधिकार-लेखकमा निहित