Kanakai Online

सतासीधाम जेसीजद्वारा राष्ट्र व्यापी अनलाइन भिडियो कन्फ्रेन्स तालिम सम्पन्न


आइतवार, वैशाख ७, २०७७ |

कनकाई अनलाइन


सतासीधाम जेसीजको होस्ट व्यवस्थापन तथा झापाका १४ जेसीज शाखाहरुको सहकार्यमा नेपाल जेसीजको आयोजनामा एक दिवसीय प्रभावकारी बैठक अध्यक्षता तथा संसदीय सभा प्रणाली सम्बन्धी अनलाइन भिडियो कन्फ्रेस तालिम सम्पन भएको छ ।

हाम्रो सहकार्य, हाम्रो आव्हान ।
लकडाउनलाई पूर्ण पालना गरौं, सरकारलाई सहयोग गरौं ।
घरमै बसी “ जुम एप्पस्” मा भेटौं, सुरक्षित रहौं ।
कोभिड–१९ को संक्रमण प्रकोपबाट बचौैं, बचाऔं ।
अनलाइन तालिममा सहभागी बनाऔं ।
लकडाउनको अवधीको सहि सदुपयोग गरौं ।
बन्धुत्व विस्तार गरौं, ज्ञान आर्जन गरौं ।
जेसीज आस्थालाई आत्मासात् गरौं ।
भन्ने नाराका साथ राष्ट्रिय खाती प्राप्त एनएलपी ट्रेनर तथा माइन्ड म्यापिङ्ग कोच राजा बाबु साहको मुख्य सहजीकरणमा संचालित अनलाइन भिडियो कन्फ्रेन्स तालिममा १७२ जना सतासीधाम जेसीज लगायत झापाका १४ जेसीज शाखाका साथै देशका विभिन्न जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारी, कार्यक्रम संयोजक एवम् सदस्यहरुको सहभागीता रहेको थियो।


अनलाइन तालिममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकर, निर्वतमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौडेल, वर्ष २०२० का क्षेत्र क निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विजय गुरुङ्ग, वर्ष २०२० का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोविन्द पंगेनी, पूर्व राष्ट्रिय अध्यक्ष तथा नेपालबाट पहिलो जेसीआई उपाध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठ, पूर्व राष्ट्रिय अध्यक्ष जेसी सिनेटर प्रकाश प्रसाद अधिकारी, वर्ष २०२० का राष्ट्रिय तालिम आयुक्त जेसी शिव प्रसाद सुबेदी, क्षेत्र क तालिम आयुक्त जेसी सेवक बजगाई लगायत अन्य वर्ष २०२० का राष्ट्रिय पदाधिकारी तथा मनोनित कार्यक्रम संयोजक ज्यूहरु, पूर्व राष्ट्रिय पदाधिकारीहरुको उल्लेखनीय विशेष सहभागीता रहेको थियो ।


अनलाइन भिडियो कन्फ्रेस तालिममा सहभागीहरुलाई अनलाइन स्वागत सतासीधाम वर्ष २०२० का तालिम संयोजक जेसी अशोक बस्नेतले गरेको तालिमको होस्ट व्यवस्थापन तथा संचालन सतासीधाम जेसीज वर्ष २०२० का अध्यक्ष जेसी कुमार सिंह साँबा(लिम्बु)ले र प्राविधिक व्यवस्थापन सतासीधाम जेसीज वर्ष २०२० का महासचिव जेसी विवेक ढकाल तथा सुचना प्रविधि संयोजक जेसी सागर आङदेम्बे गरेका थिए ।

सम्बन्धित खबर