कनकाई अनलाइन
झापा,बैशाख २।झापा गाउँपालीकाको अस्थायी क्वारेन्टाइन डिल्लीराज माविमा रहेका ७ जनामा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण नेगेटिभ देखिएको छ।
हालै गरिएको RDT परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले कनकाई अनलाइनलाई बताउँनु भयो।चार जना सुर्खेत र तीन जना कैलाली घर भएका उनीहरुलाई जिल्ला प्रसासन संग समन्वय गरि आ-आफ्नो घर पठाउने तयारी गरिएको झापा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउँनु भयो।
नेपाल भारत सिमा क्षेत्रबाट अबैध नाका हुँदै झापा गाउँपालीका प्रबेस गरेका उनीहरुलाई क्वारेन्टाइनमा राखेको २० दिनमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएपछी घर पठाउने तयारी गरिएको हो।
झापा गाउँपालीकामा अब ९ जना क्वारेन्टाइन र ३८ जना होम क्वारेन्टाइनमा रहेका छन।उनीहरुको नियमित स्वास्थ्य परिक्षण समेत भइरहेको डिल्लीराज क्वारेन्टाइन संयोजक श्यामकुमार न्यौपानेले बताउँनु भयो।