Kanakai Online

२०७६-झापा गाउँपालीका भलिवल टिमलाई फर्केर हेर्दा।


सोमवार, वैशाख १, २०७७ |

कनकाई अनलाइन

झापा,बैशाख १।२०७६ सालमा झापा गाउँपालीका भलिवल टिमलाई फर्केर हेर्दा टिम जिल्ला तथा जिल्ला बाहिरबाट सात पटक बिजेता बनेको थियो भने दुई पटक उपबिजेता बनेको थियो।नेपाल भलिवल संघका पुर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका झापा गाउँपालीका भलिवल टिमका कप्तान गजेन्द्र ताम्ली लिम्बुको कप्तानीमा टिमले उक्त श्रेणी हासिल गरेको हो।

टिम २०७६ साल बैसाखमा कमल गाउँपालीका आयोजना गरेको भलिवल प्रतियोगितामा प्रथम बिजेता बनेको थियो।त्यस्तै बैशाखमै आयोजना गरिएको इनरुवा मेयर कपमा प्रथम भएको थियो।त्यस्तै बैसाखमै आयोजना गरिएको शिवसताक्षी पारावारी खुल्ला भलिवल प्रतियोगितामा प्रथम भएको थियो।त्यस्तै धनकुटाको हिलेमा राम नवमीको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा प्रथम बनेको थियो।

टिम २०७६ साल जेठमा शिवसताक्षी नगरपालीकाले आयोजना गरेको पालिका स्तरिय पुरुष भलिवल प्रतियोगितामा प्रथम बनेको थियो।त्यस्तै जेठमै आयोजना गरिएको तेह्रथुमको आठराई गाउँपालीकामा प्रथम बनेको थियो।

टिम २०७६ साल मंसीरमा बार्हदसी खेलकुद विकाश समितीले आयोजना गरेको पुरुष भलिबल प्रतियोगितामा प्रथम बनेको थियो।

टिम दुइवटा प्रतियोगितामा भने उपबिजेता बनेको थियो।जितपुर धनकुटामा महालक्ष्मी नगरपालीकाले २०७६ साल माघमा आयोजना गरेको प्रतियोगितामा दोस्रो बनेको थियो भने सोही नगरपालीकाले गुठ मेलामा आयोजना गरेको प्रतियोगितामा दोस्रो बनेको थियो।

झापा गाउँपालीका भलिवल टिममा उत्कृष्ट खेलाडीहरुको टिम रहेको छ।जसमा राष्ट्रिय खेलाडी रोहित सिवाकोटी जसले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत प्रतिनिधित्व गरेका थिए।त्यस्तै प्रदेस-१ कै उत्कृष्ट खेलाडीका रुपमा मानिएका आशिष कार्कीको पनि टिममा सहभागिता रहेको छ।टिमका सागर भट्टराई,गणेश कटुवाल र रोषन सिवाकोटी जिल्ला स्तरका उत्कृष्ट खेलाडी मानिन्छन।टिमलाई बिजेता बनाउनमा खेलाडीहरु रोहित कार्की,रविन सिवाकोटी,मिलन ताम्ली र रमेश खरेलको पनि उत्तीक्कै योगदान रहेको छ।

टिमका कप्तान गजेन्द्र ताम्ली लिम्बुको हौसला,धैर्यता र मिजासिलोपनले नै टिमलाई यो उचाईमा पुर्याएको खेलाडीहरु बताउँछन।

टिमले २०७६ सालमा बिजेता र उपबिजेता बन्दा हासिल गरेका शिल्डहरु झापा गाउँपालीकालाई हस्तान्तरण गरेको छ।ती शिल्डहरु अहिले पनि कार्यालयमा देख्न सकिन्छ।

सम्बन्धित खबर